ज्योति पोखरेल
विश्वव्यापी कोभिड १९ महामारीको त्रास हाम्रो देशमा पनि फैलिरहेको छ। यस्तो अबस्थामा हामी सबै यस रोगलाई हराउन लागि परेका छौ। यस समय सबैभन्दा बढि भुमिका भनेको फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक , नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुको रहेको देखिन्छ भने हामीलाई उपचारमा सहज बनाईदिनुहुने जस्तै रेडक्रस सोसाइटी( बल्ड बैँक), औषधि व्यवसायी आदिको भुमिका रहेको छ।
महामारी रोकथाम र कोभिड १९ को उपचारका अनेक प्रयासहरुको बिच हामीले धेरै जस्तो सुन्दै आईरहेकोछौ कि प्लाज्मा थेरापी(plasma Therapy treatment ) ले धेरैको ज्यान जोगाउन सफल भएको छ ।
के हो र किन गरिन्छ प्लाज्मा थेरापी?
कोरोना भनेर हामीले सुनिरेहेको यो एक प्रकारको भाईरस हो । जुन भाईरसले हाम्रो फोक्सो(Lungs) र स्वासप्रस्वास(Respiratory system)मा समस्या उत्पन्न गराउँछ। जब भाईरस हाम्रो शरिरमा पस्छ हाम्रो शरिरले उक्त भाइरसको विरुद्धमा धेरै भन्दा धेरै (Antibody) निकाल्न थाल्छ । भाईरसलाई नष्ट गर्ने यस्ता एन्टिबडि (Antibodies ) रगतको प्लाज्मा (plasma) मा पाईन्छ । जो मानिसले कोरोनालाई जितेर आएको हुन्छन् उनिहरुको शरिरले धेरै भन्दा धेरै यस्ता एन्टीबडि(antibody) निकालेको हुन्छ र त्यस्ता मानिसको रगत बाट निकालिएको पाल्जमा (plasma) कोरोनाका बिरामीहरुको शरिरमा संचार गराउने हो भने संक्रमितहरुको शरिरमा भएका कोरोना भाइरसलाई नष्ट गर्न यस्ता एन्टिबडिले सहयोग गर्छ र संक्रमणबाट मुक्त गराउने प्रक्रियालाई तिब्रता दिन्छ । कोरोनाका संक्रमित मात्र नभएर अन्य गम्भिर प्रकृतिका बिरामीहरुमा पनि प्लाज्मा थेरापी गर्न सकिन्छ । हामीले सामन्य रुपमा यसलाई एउटा रोगसँग लड्ने क्षमता बढाउने उपचार भनेर बुज्दा पनि फरक नपर्ला ।
कसको भूमिका के ?
हामीले सुन्दै आएको नेपाल रेडक्रस सोसाइटी जसले देश भरिनै रक्तसंचार केन्द्रहरु संचालन गर्दै आएको छ, र अन्य धेरै संस्थाहरु पनि छन् जस्ले रगत खोज्न् सहयोग गर्दै आएका छन् । बिगत केही समय यता महामारी दिन प्रतिदिन बढिरहेको छ । यसको कुनै औषधी नभएको कारणले प्लाज्मा थेरापीबाट धेरैको ज्यान बचेको खबर सुनेकाछौँ। हामीले तत्कालको अवस्था हेर्नू पर्दा रगत एक्दमै जरुरी छ । जो कसैलाई जस्तो सुकै अवस्थामा पनि रगत चाहिन् सक्छ ।अझ यो महामारीमा कारगर भइरहेको प्लाज्मा रगतको लागि छुट्टै प्रविधिका उपकरणहरु आवश्यक पर्ने हुँदा सो क्षमतामा नेपाल सरकार वा रेडक्रस सोसाइटी पुर्णतय तयार नभएको भन्ने देखिन्छ ।सबै तिर यो उपकरणहरु उपलब्ध नहुँदा जति आवश्यक छ त्यति र जहाँ जहाँ आवश्ययक छ त्यहाँ प्लाज्मा उत्पादन् गर्न सकिरहेको छैनौं । रगत छ त्यस्लाई पाल्जा बनाएर ब्यबस्थापन गर्ने ठाउँ छैन् । अर्को तिर जनचेतनाको कमिले संक्रमणमुक्त भएका सबै सक्षम व्यक्तिले रक्तदान पनि गरिरहेका छनन् । हुन त यस्मा केही भित्री समस्या पनि होलान् तर सेवा सुबिधा चाहिएको बेला नपाउँदा अलि सहज लाग्दैन । हामीले देख्दा व्यवस्थापनको कमि भए जस्तो बुझिन्छ । सामान्य रगत पनि हामीले सहज र आवश्यक्ता अनुरुप पाइरहेका छैनौ भने प्लाज्मा कसरी पाउँछौ भन्ने प्रश्न उब्जनु अस्वभाविक होइन । यस प्रति म एक स्वास्थ्यकर्मी भएको कारणले नेपाल सरकार अनि नेपाल रेडक्रस सोसाइटी लगायत सम्पुर्ण रक्तदान गराउनेँ सस्थाको ध्यानाकर्षण होस् भन्ने चाँहन्छु ।
रक्तदान किन गर्ने ?
हामीले रक्तदान गर्न एक्दमै जरुरी छ किनभने हामीले कसैको जीवन जोगाउन् स्वास्थ्यकर्मी नै हुनुपर्छ भन्ने छैन् एक थोपा रगतले कसैको मुहारमा हाँसो ल्याउँन् सक्छौँ। हाम्रो शरिरले हामिले रक्तदान गरेको ४८ घण्टामा रगत बनाईसक्ने गर्छ। हामीले नियमित रक्ततदान गर्यौ भने मुटुको रोग, कोलिस्टर् , क्यानसर आदि जस्ता रोगहरुबाट पनि बच्न सकिन्छ। हामीले हरेक तीन तीन महिनामा रक्तदान गर्न सक्छौं ।कुनै पनि दिर्ग रोग, आौषधी खाईराख्नु भएका बिरामीले भने रक्तदान गर्न मिल्दैन् ।
अझ संक्रमणबाट मुक्त भएकाहरुले गरेको रक्तदानले त अर्को संक्रमितको जिवन जोगाउन प्रत्यक्ष रुपमा भूमिका खेल्न सक्छ ।
यो बिपद र जोखिमको अबस्थामा सम्पुर्ण स्वास्थ्यकर्मी , अस्पताल, रक्तसंचार केन्द्र , औषधी व्यवसायी, आम जनता सबैले आफ्नो भुमिका राम्रोसँग बहन गरौँ र म चाहन्छू नेपाल सरकारको पनि ध्यानाकर्षण होस् ।
लेखक युथ फर ब्लडको मोरङ्ग जिल्ला सदस्य हुनुहुन्छ ।