नेपाली सेनाका ६३ जनामा आज कोरोना पुष्टि

<span class='c1'>नेपाली सेनाका ६३ जनामा</span> <span class='c2'>आज कोरोना पुष्टि</span>

कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिनुभयो । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

आज सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्