व्यवसायिक मलमा बढ्दो लगानीले विराटनगर मेन रोडका पसल धमाधम बन्द हुँदै

व्यवसायिक मलमा बढ्दो लगानीले विराटनगर मेन रोडका पसल धमाधम बन्द हुँदै

विराटनगर । व्यवसायिक मल भाटभटेनी सुपर मार्केट खुल्दै गर्दा विराटनगरको मेनरोडका लत्ताकपडा र खाद्यन्न व्यापारी अत्तालिएको खबर बाहिर आएको थियो । भाटभटेनी सुपरमार्केटले थला पार्न सक्ने संभावनालाई अर्को व्यवसायिक महल सेन्ट्रल महलले थप मद्दत गर्यो । मेन रोडमै रहेको सेन्ट्रल मल पनि भाटभटेनीको ओझेलमा त पर्यो तर त्यसले मेनरोडका अन्य पसललाई असर पुर्यायो ।


विराटनगरमा आर.के.सिटी सेन्टर पनि हाटखोलामा स्थापना भएको छ । यद्यपी लकडाउनकै सुरुवातमा खुलेको सेन्टरको कारोबार अहिलेसम्म फस्टाउन पाएकै छैन । त्यस बाहेक कन्चनबारीमा सजिलो बजार पनि व्यापारी मलको अवधारणमा सञ्चालनमा छ ।
ठूला व्यापारिक मल खुल्दै जाँदा लामो समयदेखि जर्बरजस्त बजारमा ब्राण्ड बनेका लत्ता–कपडा र खाद्यन्नका पसलहरु भने बन्द हुने अवस्थामा पुगेका छन् । अझै विराटनगरको बजार विस्तार हुँदै कन्चनबारीतर्फ बढ्दै जाँदा दक्षिणवर्ती क्षेत्र झन् ओझेलमा पर्दै गएको देखिन्छ ।

लकडाउनसँगै गत चैत ११ देखि रोकिएको कारोबारले विराटनगरका धेरै व्यापारीले सहज महशुस गरिरहेका थिएनन् । यसैबीच विगत २५ वर्षदेखि विदेशी फेन्सी सामानको व्यापार गरिरहेको ग्यालेक्सीले आफ्नो घरजग्गा नै बिक्री गरेको छ । सुवास सेठिया र सुनिल सेठियाले पसल रहेको घरजग्गा विक्री गरेका हुन्।

ग्यालेक्सी पसल विगत ५–६ वर्षदेखि निरन्तर घाटामा चल्दै आएको थियो। सुरुका वर्ष राम्रै व्यापार चलाएका सेठियाहरुले पछिल्लो समयमा गुणस्तरहिन सामान बारम्बार दोहो¥याएको आरोप समेत थियो । व्यापारमा घाटा बढ्दै जाँदा विभिन्न बैङ्कमा पसलको ऋण ५ करोडभन्दा बढी भइसकेको थियो। पसल रहेको घरजग्गा विक्री गर्न सेठिया परिवार विगत २ वर्षदेखि ग्राहक खोजिरहेको जानकारहरुको भनाई छ ।

उनीहरुको ७२ धुर जमिनसहित विराटनगरका उद्योगी अबिनाश बोहराले १२ करोड रुपिँयामा खरिद गरेका हुन् । ग्यालेक्सीसित जोडिएको विराटनगरको अर्को ठूलो फेन्सी पसल ‘साकेतको पनि औसत नै व्यापार रहेको दावी गरिन्छ । साकेतका सञ्चालक सुरेन्द्र सेठियाले कामदारको खर्च धान्नसमेत गाह्रो भइरहेको भएपनि चाडपर्व आउँदासम्म केहि सहज हुने आशा रहेको बताए।

विराटनगरमा २०६८ सालदेखि मल संस्कृति सुरु भयो। २०६८ मा महेन्द्र चोकमा ५ युवाको सक्रियतामा नेपाल बजार डिपार्टमेन्टल स्टोर खुल्यो। त्यसपछि नै मेनरोडका फेन्सी पसले आत्तिएका थिए। किनकि नेपाल बजारको चल्ती बढेको थियो। तर, नेपाल बजारले ग्राहकलाई सन्तुष्टि दिन सकेको थिएन । त्यसपछि ५–६ महिनापछि ग्राहकले मेनरोडको बजारलाई रोजेका थिए ।

लगत्तै २०७४ वैशाखदेखि विराटनगरमा भाटभटेनीले आफ्नो सुपर स्टोर ल्यायो । भाटभटेनीले विराटनगरको बजारलाई मात्र नभई २०६८ सालमा खुलेको नेपाल बजारलाई पनि बन्द गराईदियो ।
भाटभटेनी खुलेको एक वर्षपछि विशाल ग्रुप र मुन्दडा समूहको साझेदारीमा मेनरोडमै अर्को ठूलो मल सञ्चालनमा आयो। ‘सेन्ट्रल मल’ नामको यो मलले पनि विराटनगरको फेन्सी बजारलाई असर गरेको जानकारहरू बताउँछन्। विराटनगरको ट्राफिक चोकदेखि जलजला मोडसम्म धेरै पसल ६ महिना र एक वर्षका लागि मात्र खुलेका पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्