एभरेष्ट एजुकेशन फाउन्डेसनले किन्यो विराटनगरको एम्स कलेज

एभरेष्ट एजुकेशन फाउन्डेसनले किन्यो विराटनगरको एम्स कलेज

विराटनगर । प्रदेश १ कै गुणस्तरीय शिक्षण संस्थाको रुपमा स्थापित विराटनगर–५ को एभरेष्ट एजुकेशन फाउन्डेसनले आफ्नो भौतिक तथा शैक्षिक क्षमता थप विस्तार गरेको छ ।
पिजी टु पिजीको (प्ले ग्रुप देखि पोष्ट ग्रयाजुएट) को शिक्षण संस्था बनाउने अभियानमा जुटेको फाउन्डेसनले बिभिन्न चार बिषयको अध्यापन गराउन बिराटनगरमा स्थापित एम्स कलेज खरिद गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका बिएससी सिएसआईटी, बिबिएस, बिएचएम र बिएका कोर्ष पढाइ हुने कलेजलाई फाउन्डेसनले आफ्नो स्वामित्वमा लिएको हो । हाल ४ सय ५० विद्यार्थी अध्ययनरत यस कलेजको क्षमता पनि क्रमशः बिस्तार गरिने फाउन्डेसनका प्रबन्ध निर्देशक तथा स्कुल कलेजका प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।

हामी प्रदेश १ को राजधानी विराटनगरमा रहेर विश्वस्तरीय जनशक्ती उत्पादन गर्ने उद्देश्यका साथ हामी अगिबढिरहेका छौं, प्राचार्य पुरीले भन्नुभयो ुयसका लागि हामी सवै तह र बिषयलाई बिश्वस्तरीय बनाउने छौं ।
यस अघि फाउन्डेसन अन्तर्गत विराटनगर ५ मा एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल र एभरेष्ट कलेजका तीन वटा सुबिधा सम्पन्न भौतिक संरचना सहितका शिक्षण संस्था संचालनमा छन् भने सुनसरीको ईटहरी उपमहानगरपालिकामा पाथीभरा सेकेण्डरी स्कुल संचालनमा छ ।

स्वीमिङ पुल, भलिबल, फूटबल, बास्केटबल, टेबलटेनिसलगायतका छुट्टाछुट्टै खेलमैदान सहित पर्याप्त भौतिक संरचना रहेको एभरेष्ट कलेजले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक भवनमा अध्यापन गराउदै आएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष समेत रहेका फाउन्डेसनका प्रबन्ध निर्देशक पुरीले एभरेष्टका सवै शिक्षणसंस्थालाई उच्च प्रबिधियुक्त बनाइएको बताउनुभयो । उँहाले भर्खरै स्वामित्वमा लिएको कलेजको भौतिक संरचनाको स्तरोन्नति गरिने बताउनु भयो । हरेक कक्षा कोठालाई वातानुकुलित सहित सुबिधा सम्पन्न बनाई शैक्षिक गुणस्तरलाई समेत अन्तर्राष्ट्रियस्तरको बनाईने उहाँको भनाई छ । शैक्षिक गुणस्तरमा अब्बलता प्रमाणित गरेको एभरेष्टले हरेक विद्यार्थीलाई चौतर्फी क्षमताको विकास गर्न कुनै कसर नछाड्ने उद्देश्य लिएको छ ।

कोरोना भाईरसका कारण सिङ्गो मुलुक बन्दाबन्दीमा रहँदा स्कुल कलेजको अध्यापन भर्चुअल माध्यमबाट पनि प्रभावकारी रुपमा संचालन गर्दै आएको छ । फाउन्डेसनका प्रबन्ध निर्देशक तथा स्कुल कलेजका प्राचार्य पुरी भन्नुहुन्छ, हाम्रा अधिकांश विद्यार्थी भर्चुअल कक्षामा सहभागी छन् । कारण उनीहरूलाई प्रबिधी मैत्री बनाइएकै ले सम्भव भएको हो । फाउन्डेसन अन्तर्गत संचालित शिक्षण संस्थाहरूमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन । प्ले ग्रुप देखि स्नातक तह सम्मको अध्यापन गर्दै आएको एभरेष्टले चाँडै स्नातकोत्तर तह पनि शुरु गर्ने तयारी गरेको छ । स्नातकोत्तर को सम्बन्धन पनि चाँडै आउने जानकारी दिँदै प्राचार्य पुरी भन्नुहुन्छ,ु हाम्रो उदेश्य पिजी टु पिजी हो, जुन चाँडै पूरा हुनेमा हामी विश्वस्त छौ । ु त्यसपछी गुणस्तरीय शिक्षाको लागि प्रदेश र आसपासका विद्यार्थीले अन्यत्र जानूपर्ने बाध्यता हट्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्