लर्ड बुद्ध कलेजले २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने

<span class='c1'>लर्ड बुद्ध कलेजले २०० जना</span> <span class='c2'>बिद्यार्थीलाई शतप्रतिशत छात्रवृति दिने</span>

विराटनगर । लर्ड बुद्ध कलेजले कक्षा ११ मा पढ्ने २०० जना बिद्यार्थीलाई शतप्रतिशत छात्रवृतिमा पढाउने आहुवान गरेको छ ।
न्यूरो हस्पिटलद्वारा संचालित लर्ड बुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि २०० विद्यार्थीका लागि यस शैक्षिक शत्रमा शतप्रतिशत छात्रवृति प्रदान गर्ने जानकारी दिइएको हो ।


कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले स्कलरसीप स्किमका लागि बिद्यार्थीले एसईईमा ३.८५ वा सो भन्दा माथि जिपिए सहित उत्तिर्ण भएको हुनुपर्ने जानकारी दिनुभयो ।
कलेजका प्रिन्सिपल सरोज भट्टराईले कोरोनाको महामारीको बेला बिद्यार्थीहरु शिक्षाबाट बंचित नह्न् भनेर हाल अनलाइन कक्षाबाट अध्ययन गरिरहेकाहरका लागि यो छात्रवृतिको आवहान गरिएको बताउनुभयो ।

कलेजले छात्रवृतिका लागि आवहान गरेसंगै, बिद्यार्थीहरुको भर्ना प्रक्रिया समेत सुरु भएको हो । दुर शिक्षा नामक छात्रबृतिमा ‘फस्ट कम फस्ट बेशिस’ अनुसार २०० जना बिद्यार्थीलाई लर्ड बुद्ध कलेजले शतप्रतिशत छात्रवृतिमा पढाउने छ ।

यो छात्रवृतिका लागि बिद्यार्थीहरुले बिज्ञान र व्यवस्थापन संकायमा भर्ना लिन सक्नेछन् । हाल यस कलेजले १ बिद्यार्थी १ सिट सहितको अवधारणा कार्यन्वयनमा ल्याएको छ । साथै सम्पुर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्