विराटनगर आईसिपीका दुवै गोदाम चुहिन थालेपछि भन्सार जाँचपासमा समस्या

विराटनगर आईसिपीका दुवै गोदाम चुहिन थालेपछि भन्सार जाँचपासमा समस्या

विराटनगर । विराटनगरमा बनेको एकीकृत जाँच चौकी आइसिपीका गोदाम चुहिन थालेको छ। साँघुरो गोदाम चुहिन थालेसँगै मालवस्तुको जाँचपासमा समेत समस्या थपिएको हो ।
यार्ड लगायतका संरचना सानो र सीमित भएकाले लोड मालवहाक सडकमै रोकिने गरेका छन् । भन्सार अधिकारीका अनुसार आयात र निर्यातका मालवस्तु राख्ने गोदाम र यार्ड पर्याप्त नभएकाले समस्या झेल्नुपरेको हो ।


‘आयाततर्फको यार्डमा कन्टेनर र ट्रक गरी एक पटकमा ७० वटा ढुवानीका साधन मात्र अट्छन् जबकि आयातका लागि कम्तीमा २ सय कन्टेनर अट्ने यार्ड आवश्यक पर्दछ । भन्सारका सूचना अधिकृत सुनीता पौडेलका अनुसार गोदाम पनि एक सय कन्टेनरका सामान राख्न सक्ने क्षमताको आवश्यक पर्ने भएपनि अहिले आयातको गोदाममा ४० वटा कन्टेनरका सामान मात्र अटाउन सकिने क्षमता छ ।

आइसिपीमा निर्याततर्फको गोदाम र यार्ड पनि सानो छ। ‘निर्याततर्फको गोदाममा ५ वटा कन्टेनरका मालवस्तुमात्र अटाउन सकिन्छ । निर्यातका ३० कन्टेनरका मालवस्तु अट्ने गोदाम आवश्यक छ। त्यस्तै निर्यातको यार्डमा हाल २० वटा कन्टेनरमात्र अटाउन सक्छन् । यसलाई पनि केही विस्तार गर्नु आवश्यक छ।
विराटनगर भन्सार एजेन्ट सङ्घले आइसिपीका दुबै गोदामका छानोबाट पानी चुहिएर मालवस्तु राख्न नसकिने अवस्था भएको भन्दै बारम्बार गुनासो गर्दै आएको छ । बर्खामा काम गर्न निकै गाह्रो भएको भन्सार एजेन्टहरुको भनाई छ ।

आइसिपी सञ्चालन गरिरहेको ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिका प्रमुख गणेश घिमिरेले यार्ड सानो भएकाले मालवस्तु प्रोसेसिङका लागि निकै लामो पालो पर्खनु पर्ने बताए। यार्ड सानो भएकाले नै हाल मालवस्तु लोड गरिएका ट्रक र कन्टेनर खुला सडकमा राख्नुपर्ने बाध्यता छ ।

भारतको १ अर्ब ९० करोडको लगानीमा विराटनगरमा निर्माण भएको आइसिपी गत माघ महिनादेखि सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्