विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण

विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण

विराटनगर । संविधासभा सदस्य तथा विराटनगरका उद्योगी पवन सारडालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि हल्का ज्वरो आएपछि घरमै एकान्तबास बस्नु भएका उद्योगी सारडाको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
उद्योगी सारडाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो, खोकी लगायत कुनैपनि लक्षण नरहेको बताउनुभएको छ । कोरोना संक्रमण फैलिएसँगै भेटघाट सीमित गर्नुभएका उहाँसँग नियमित भेट हुने चार–पाच व्यक्तिमध्ये एक जनालाई ज्वरो आएपछि संक्रमणको आशंका भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्