वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय

सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जाानकारी दिनुभयो ।
यही भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो । गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो ।
यसैगरी आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ५ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्