वीपीको उपकुलपति गिरीलाई कोरोना संक्रमण पुष्टि

<span class='c1'>वीपीको उपकुलपति गिरीलाई</span> <span class='c2'>कोरोना संक्रमण पुष्टि</span>

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सोमबार उपकुलपति डाक्टर गिरीलाई संक्रमण पुष्टि भएको हो ।

डा. गिरीले पनि सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको छ । कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पूर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको डाक्टर गिरीले बताउनुभयो ।
डाक्टर गिरी संक्रमण पश्चात् आफ्नै निवासमा बस्नु भएको छ । उहाँमा लक्षण देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्