विराटनगर भदौ ३१ ,
(आज) बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।
बिराटनगरमा समेत उक्त भूकम्पको धक्का महसुस् गरिएको थियो ।
बिहान ५ बजेर २० मिनेटमा भूकम्प गएको थियो ।