नेपाली फुटबल खेलाडी परियार भारतीय क्लबमा अनुबन्ध

<span class='c1'>नेपाली फुटबल खेलाडी परियार</span> <span class='c2'>भारतीय क्लबमा अनुबन्ध</span>

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । उहाँले सामाजिक सञ्जालमार्फत आफु भारतको अहमदाबादबाट खेल्नलागेको जानकारी गराउनुभएको हो । आई लिगका लागि परियार बिहीबार भारत जाँदै हुनुहुन्छ ।

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुनुहुन्छ । उहाँले गत वर्षको ‘ए’ डिभिजन लिग न्यूरोड टिम (एनआरटी) बाट खेल्नुभएको थियो । परियार गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आवद्ध हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्