मुख्यमन्त्री शेरधन राईसँग अंश माग दावी गर्ने बालिकाले मुद्दा फिर्ता लिइन्

मुख्यमन्त्री शेरधन राईसँग अंश माग दावी गर्ने बालिकाले मुद्दा फिर्ता लिइन्

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको आरोपसहित अंश दाबी गर्ने दोलखाकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।
लामो समयदेखि मुख्यमन्त्री शेरधन राई विरुद्ध लगाउँदै आएको आरोप अर्काको उक्साहटमा लगाएको स्वीकार गर्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ता लिएकी हुन् ।

आफूलाई राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।
तर, उनले बुधबार निवेदनका साथ मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश गरेको थियो ।
मुख्यमन्त्री राईमाथि ५ वर्ष अघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिकरुपमै लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भने अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको उल्लेख गराएकी छिन् ।

मुख्यमन्त्री राईविरुद्ध मुद्दा लगाउने खड्का पनि नेकपाकै कार्यकर्ता हुन् । उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्