शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता माग

<span class='c1'>शङ्कास्पद मृत्युको कोरोना परीक्षण</span> <span class='c2'>नगर्ने निर्णय फिर्ता माग</span>

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताउनुभएको छ ।
परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्