तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुने

तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुने

एनआईसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् उद्योगी व्यवसायी श्री तुलसीराम अग्रवालले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुनु हुने भएको छ । संविधान दिवस २०७७ को अवसरमा उहाँलाई सम्मान गरिने घोषणा भएको हो । उक्त सम्मान राष्ट्रपतिबाट प्रत्येक वर्ष प्रदान हुने गर्दछ ।

अग्रवाल पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा सक्रिय हुँदै विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्