इलाम अस्पतालमा भेन्टिलेटर

इलाम अस्पतालमा भेन्टिलेटर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईवटा भेन्टिलेटर जडान गरिएको छ । भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको थियो । नेम्वाङमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यसको विषय पुर्याएपछि भेन्टिलेटर उपलब्ध गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो । भेन्टिलेटर उपलब्ध भए पनि तत्काल सेवा दिने अवस्था छैन । दक्षजनशक्ति अभाव भएकाले केही महीनापछि मात्र सञ्चालन हुने अस्पतालका प्रमुख एवम् जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले जानकारी दिनुभयो ।
अहिले इलाम अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि ३ जनामात्रै कार्यरत छन् । निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्