सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४३

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४३

१. हरेक बर्ष असोज १ गते मनाइने ‘राष्ट्रिय विज्ञान दिवस’को यस बर्षको नारा के थियो?
~ ‘स्वास्थ्य र गुणस्तरीय जीवनको लागि विज्ञान’
[वि.स. २०७० देखि मनाउन थालिएको ‘राष्ट्रिय विज्ञान दिवस’ यस बर्ष आठौं विज्ञान दिवसको रुपमा मनाइएको]

२. जापानका नयाँ प्रधानमन्त्रीको रुपमा सन् २०२० सेप्टेम्बर १६मा कसलाई नियुक्त गरियो?
~ योशीहिदे सुगा, Liberal Democratic Party
[स्वास्थ्यको समस्या देखाउदै पू.प्र सिन्जो आबेले अगस्ट २८मा राजीनामा दिएका]

३. द. कोरियाको राजधानी सियोल हो भने उत्तर कोरियाको राजधानी कहाँ हो ?
~ प्योंगयांग

४. भियतनामको पुरानो नाम के थियो?
~ चम्पा

५. नेपालको इतिहासमा जिउदो सहिद भनेर कसलाई चिनिन्छ ?
~ टंकप्रसाद आचार्य

६. दक्षिण एसियामा सबैभन्दा बढी बलि दिने मेलाको रुपमा परिचित मेला कुन हो ?
~ गढीमाई मेला
[नेपालको बारा जिल्लामा हरेक पाँच/पाँच महिनामा यस मेला मनाइन्छ]

७. नाग र बासुकीको पुजा गर्ने चलन कसले चलाएका हुन् ?
~ मानदेव

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्