शिक्षकलाई अभिमुखीकरण

शिक्षकलाई अभिमुखीकरण

विराटनगर । सरकारले अधारभूत तह, कक्षा १ मा यसै शैक्षिकसत्र देखि नयाँ पाठयक्रम लागू गरेसँगै एकीकृत पाठ्यक्रम सम्बन्धमा जानकारी गराउन शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

प्याब्सन मोरङले सोमबार भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लिकेसन्सका तालिम संयोजक तथा विज्ञ सानु अमात्यले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा मोरङ जिल्लाभरीका २ सय ५० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको प्याब्सन
मोरङका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

प्याब्सनले कक्षा १ को विषयगत शिक्षकहरूलाई चाँडै विषयगत अभिमुखरीकरण तालिम पनि गराउने सचिब प्रेमलालसिंह सुवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्