६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

६ महिना पछि तुम्लिङटार विमानस्थल सञ्चालनमा

लकडाउनको झन्डै छ महिनापछि सङ्खुवासभाको तुम्लिङटार विमानस्थल सञ्चालनमा आएको छ । सोमबार बुद्ध र यति एयलाइन्सले तीन उडान गरेको छ । बुद्धले काठमाडौँ तुम्लिङटार, तुम्लिङटार विराटनगर र तुम्लिङटार काठमाडौँ उडान गरेको छ । त्यस्तै यतिले काठमाडौँ तुम्लिङटार काठमाडौँ एक एक उडान गरेको छ । स्वास्थ्य मापडण्डको पूर्ण पालना गरेर उडान शुरु गरिएको नागरिक उडड्यन कार्यालय तुम्लिङटारका प्रमुख केशव लम्सालले बताउनुभयो । लम्सालका अनुसार एयरपोर्टको १ नम्बर गेटबाट यात्रुबाहेक अन्यलाई प्रवेश निषेध गरिएको छ ।

यात्रु र विमानका कर्मचारीका लागि पञ्जा, स्यानीटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री अनिवार्य गरिएको छ । तीन फिट दूरी कायम गरेर विमानस्थलको चेकपोष्ट र यात्रु सहायता कक्ष निर्माण गरिएको छ । चैत ११ पछि तुम्लिङटार विमानस्थल बन्द थियो ।

फायल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्