कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला सङ्क्रमणमुक्त

कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला सङ्क्रमणमुक्त

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।

गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहनुभएको थियो । उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ ।

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्