विराटनगरको मेरिल्याण्ड कलेज पुनः उत्कृष्ट १० मा पर्न सफल

विराटनगरको मेरिल्याण्ड कलेज पुनः उत्कृष्ट १० मा पर्न सफल

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज यसपटक पुन मुलुकभरका कलेजमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।
काठमान्डौमा रहेको केन्द्रबिन्दु मिडिया नेटवर्कले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिका विभिन्न कलेजहरूको मूल्यांकन गर्दा मेरिल्याण्ड कलेज उत्कृष्ट १० मा पर्न सफल भएको हो ।

व्यवस्थापन शिक्षामा प्रदेश नम्बर १ र देशभरि नै अग्रणी भूमिका निर्वाह गरिरहेको मेरिल्याण्ड कलेज उक्त सुचिको सातौँ नम्बरमा परेको छ ।
वि.सं. २०५९ सालमा स्थापित कलेजले व्यवस्थापन संकायमा मोफसलको सर्वोत्कृष्ट कलेजको रुपमा चिनिदै आएको छ । स्थपना कालदेखी नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्यान्ड कलेज प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा मानिदै आएको छ ।

अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार बाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधी मेरिल्यान्डका विशेषता हुन् ।

प्लस टु शिक्षामा अब्बल सावित भएलगत्तै २०६६ सालदेखि बिबिएसको पठन पाठन आरम्भ गरेको यो संस्थामा प्लस टु तहमा १५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । मोफसलमा रहेर पनि अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरेको कलेजको भनाई छ । मेरिल्यान्डले उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेश छात्रवृत्तिको व्यवस्था गरेको छ ।

अनुशाशित वातावरणमा उत्कृष्ट फ्याकल्टी अध्ययन अध्यापन गराएकै कारण मेरिल्यान्ड प्लस टु तहमा सफल शैक्षिक संस्था बनेको कलेजले बताएको छ । विद्यार्थीलाई नियमित अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन पनि कलेजले उत्तिकै भुमिका खेल्ने गरेको छ ।
कोभिड९१९ को महामारीका कारण यस वर्ष कक्षा ११ को भर्ना प्रक्रिया ढिलो सुरु भएतापनि, अभिभावकको चाहनालाई मध्यनजर गर्दै, भर्ना प्रक्रिया अहिले पनि जारी रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउनुभयो । साथै कक्षा १२ को भने अनलाइन कक्षा धमाधम पढाई भइरहेको ढकालले जानकारी दिनुभयो ।

काठमाण्डौका उत्कृष्ट मानिएका कलेजहरूको तुलनामा मेरिल्याण्ड कलेज विराटनगरले, कम शुल्कमा र सत प्रतिशत छात्रवृत्तिको सुविधा सहित व्यवस्थापन शिक्षा प्राप्त गर्न पाइने भएकाले, प्रदेश १ र २ का विद्यार्थीको पहिलो रोजाइ मेरिल्याण्ड कलेज बन्दै आएको कलेजमा अध्ययनरत ग्रामथानका विद्यार्थी अभिशेकहरी चौधरीले बताए । २०७५ सालमा कलेजमा अध्ययनरत दुई छात्रा पुजा कृ साह र निशा पोखरेल ३.९२ जिपिए ल्याएर नेपाल प्रथम समेत भएका थिए ।
यसैगरी कलेजका १६ वटा बसले ईटहरी, रगेली, देवानगन्ज, ईनरुवा ,आमबारी, चिम्डी, दुहवी लगायतको स्थानबाट विद्याथीहरु ल्याउने गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्