सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४८

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ४८

१. यस बर्षको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
~ शान्ति ठटाल
[नेपाली संगीतमा उल्लेखनीय योगदान गरे बापत ठटाललाई ४ लाख नगद सहित सम्मान गरिएको]

२. प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले साझा यातायातलाई ५ वटा बिजुली बस हस्तान्तरण गर्दै ‘देशबाट लोडसेडिङ अन्त्य भइसकेकाले सन् २०२० सम्म कुल सवारीसाधनको २० प्रतिशत विद्युतीय हुनेछन् ।’ भनेर घोषणा गरेका थिए ?
~ बि.स. २०७६ कार्तिक ६

३. नेपालमा हाल सम्म एकदिनमा कोरोना संक्रमणको दर सर्वाधिक कति रहेको छ ?
~ १७.६३ %
[असोज २ गते कुल ११,४५८ परिक्षण गरिएकोमा २०२० जनालाई भेटिएको]

४. हरेक बर्ष ‘बिश्व गैंडा दिवस’ कहिले मनाइन्छ ?
~ सेप्टेम्बर २२

५. UN को १७ वटा विशिष्टकृत संस्थाहरु मध्येको एक IDAको पुरा नाम के हो?
~ International Development Association

६. सार्कको कृषि केन्द्रको प्रदान कार्यालय कहाँ रहेको छ ?

~ बंगलादेशको ढाकामा

७. ब्यवसायिक फुटबल संघको बर्ष खेलाडीको अवार्ड कसले प्राप्त गरे ?
~ केभिन डी ब्र्युने

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्