विश्वका विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि विराटनगरमा अनलाइन परामर्श सुरु

विश्वका विश्वविद्यालय पढ्ने विद्यार्थीका लागि विराटनगरमा अनलाइन परामर्श सुरु

विराटनगर । विराटनगरका चारजना युवाले अनलाइन शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि ‘हायर स्टडी प्लान’ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् ।

विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय,  कलेज, विश्वविद्यालयको बारेमा अनलाइनमार्फत नै जानकारी लिनसक्ने सुविधासहितको परामर्श केन्द्रको रुपमा यसलाई सञ्चालनमा ल्याइएको कार्यकारी निर्देशक आशिष गुप्ताले जानकारी दिनुभयो ।

गुप्तासहित रोनक अग्रवाल, सागर साह र श्रीयान्स बोथराले संयुक्त रुपमा सञ्चालनमा ल्याउनु भएको अनलाइन शैक्षिक परामर्श सुविधाबाट विश्वका विश्वविद्यालयको बारेमा जानकारी लिन सकिने भएको छ । त्यति मात्रै नभई कलेज र विश्वविद्यालयहरुले विद्यार्थीका लागि दिइने सुविधाको विषयमा समेत त्यहाँबाट जानकारी पाइने छ ।

त्यसका लागि कक्षा १२ तथा स्नातक उत्तिर्ण गरिसकेका विद्यार्थीहरुले घरमै बसेर आवेदन दिन सक्ने छन् । जसका लागि www.higherstudyplans.info प्रयोग गर्नुपर्ने छ । www.higherstudyplans.info को माध्यमबाट mentorship/counseling को लागि आवेदन दिन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्