कनकाई आर्यघाटमा संक्रमणबाट मृत्यु भएकाको लागि छुट्टै चितास्थल

कनकाई आर्यघाटमा संक्रमणबाट मृत्यु भएकाको लागि छुट्टै चितास्थल

कोभिडबाट मृत्यु भएकाहरुका लागि झापाको कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था भएको छ ।
त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।
कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्