कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न सक्ने ‘फ्लोरा मास्क’ बजारमा

कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न सक्ने ‘फ्लोरा मास्क’ बजारमा

विराटनगर । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा मास्क’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा मास्क’ बजारमा ल्याएका हुन् ।
धुवाँ, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको मास्क’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा मास्क बजारमा ल्याएको युवा व्यवसायी ठाकुरले जानकारी दिएका छन् ।

अहिले बजारमा धेरै प्रकारका मास्कहरु छन् । सबै मास्का तीन लेयर भएपनि मेल्ट ब्लाउन प्रयोग गरिएको हुदैन । जसले गर्दा साधरण मास्कले धुवाँ, धुलो त रोक्छ, तर संक्रमण रोक्छ भन्ने छैन, ठाकुरले भने ‘तीन लेयर मध्ये बिचको भागमा मेल्ट ब्लाउन प्रयोग गरिएकोले फ्लोरा माक्सले ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्दछ ।’ त्यसैले संक्रमण रोक्ने फ्लोरा मास्क बजारमा ल्याएको उनले बताए । फ्लोरा मास्क उच्च गुणस्तरीय रहेको उनले दाबी गरेका छन् । सो मास्कको बजार मूल्य प्रतिथान ५ रुपैयाँ मात्र पर्दछ ।

औषधी व्यवसायी समेत रहेका ठाकुरले चाइनाबाट आयत गरेको अत्याधुनिक स्वचालित उपकरणबाट फ्लोरा मास्क उत्पादन गर्दछन् । दैनिक २५ देखि ३० हजार मास्क उत्पादन भइरहेको उनले जानकारी दिए । करिब १ करोड लागतमा मास्क उद्योग संचालनमा ल्याएको ठाकुरले एक दर्जनलाई रोजगारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्