लकडाउन अवधीमा नेपाली उत्पादनको निकासी उत्साहजनक

लकडाउन अवधीमा नेपाली उत्पादनको निकासी उत्साहजनक

विराटनगर । कोरोना संक्रमणसँगै चैत ११ गतेदेखि साउन ७ गतेसम्मको अवधीमा निकासी भने बृद्धि भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकमा बन्दाबन्दीका चार महिनाको अवधीमा ६ अर्ब १४ करोड मूल्य बराबरको नेपाली उत्पादन भारत निर्यात भएको हो ।

अघिल्लो वर्ष २०७५ चैत ११ गतेदेखि २०७६ साउनको यहि अवधीमा ५ अर्ब २२ करोड ४२ लाख रुपिँया बराबरको मात्रै निकासी भएको तथ्यांक छ । बन्दाबन्दीको समयमा प्रशोशित पाम तेल, सेन्थेटिक यार्न, भटमासको तेल, जुट कपडा, जिआई वायर, सनपाटको धागो, फलामे पाता, खयर कत्था र चाउचाउ तथा नुडल्सको निकासी धेरै परिमाणमा भएको विराटनगर भन्सार कार्यालय प्रवक्ता सुनिता पौडेलले जानकारी दिनुभयो । यद्यपी भारतले बैशाख २८ गतेदेखि पाम तेलको निकासीमा रोक लगाएको छ ।

प्रवक्ता पौडेलका अनुसार ९० प्रकारका उत्पादन भारत निकासी भएका छन् । पाम तेल बन्द भएपनि असार महिनामा सबैभन्दा बढी २ अर्ब ६७ करोड ७३ लाख रुपिँया बराबरको मालवस्तु निकासी भएको हो । जेठमा २ अर्ब २ करोड ४५ लाख, बैशाखमा १ अर्ब ३२ करोड र चैतमा ८९ करोडको निकासी भएको भन्सार तथ्यांकले देखाउँछ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷२०७७ मा २८ अर्ब ५१ करोड ३१ लाख बराबरको मालवस्तु भारत निर्यात भएको थियो । अघिल्लो आव २०७५÷२०७६ को भन्दा गत आवमा केहि कम थियो । अघिल्लो आवमा २९ अर्ब १७ करोड ६७ लाख रुपिँया बराबरको नेपाली वस्तु निर्यात भएको थियो ।

गत आममा ६ अर्ब ७६ करोड रुपिँया बराबरको ६४ हजार १४० मेट्रिक टन प्रशोधन पाम तेलको निकासी भएको थियो । त्यसपछि १७ हजार ६२१ मेट्रिक टनसेन्थेटिक यार्न ४ अर्ब ४७ करोड रुपिँयाको निकासी भएको देखिन्छ । यसैगरी भटमास ४ अर्ब २६ करोड मूल्य बराबरको प्रशोधित भटमास, ३ अर्ब १७ करोड रुपिँया बराबरको जुटको कपडा, २ अर्ब १२ करोड करोडको जुटका बोरा तथा झोला, ७७ करोडको चाउचाउ निर्यात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्