विराटनगरमा असोज २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पुनः स्थगित

विराटनगरमा असोज २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पुनः स्थगित

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो ।
महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना संक्रमणबाट केहि विद्यालयका शिक्षक समेत संक्रमित भएको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने निर्णय गरिएको बताउनुभयो ।
कोरोना संक्रमितको संख्या न्यून रहेको अवस्थामा दैनिक जीवनयापनलाई सामान्य बनाउनु पर्ने मानसिकतासहित तय गरिएको परीक्षा सञ्चालनमा केहि असजिलो देखिएकोले तत्काललाई स्थगित गरिएको हो ।


परीक्षा, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा कक्षा ११ को परीक्षा विद्यालयले गर्ने स्पष्ट प्रावधान रहेको छ । त्यहि प्रावधानमा टेकेर सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुको मिति २०७७ असोज ९ गते बसेको बैठकबाट परीक्षा सञ्चालन समन्वय समिति गठन भएको थियो ।

त्यो समितिको सिफारिसका आधारमा महानगरले परीक्षा सञ्चालनको समन्वय गर्दै परीक्षातालिका सार्वजानिक गरेको थियो । महानगरपालिकाले परीक्षा स्थगित गरेसँगै लामो समयदेखि रोकिदैं आएको परीक्षा पुनः अन्यौलमा परेको छ ।
महानगरका मेयर पराजुलीले कक्षा ११ का विद्यार्थीको सिकाई परीक्षण परीक्षा प्रणालीबाटै गरिनुपर्ने बताउँदै स्थिति सहज हुने संकेत देखिएसँगै चाँडै परीक्षातालिका सार्वजानिक गरिने दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्