विराटनगरमा कक्षा ११ को परीक्षा रोकिएपछि विद्यालयका सञ्चालक रुष्ट

विराटनगरमा कक्षा ११ को परीक्षा रोकिएपछि विद्यालयका सञ्चालक रुष्ट

विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालयका सञ्चालकहरुले विद्यार्थीको पढाई प्रभावित बनाउने खोजिएको भन्दै आक्रोश पोखेका हुन् ।

 

अन्तिम समयमा आएर जिल्लास्थित कोरोना संक्रमण व्यावस्थापन समिति (डिसिसिएमसी) को बैठकले हाललाई परीक्षा नगराउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यलय मोरङमा बुधबार दिउँसो विभिन्न शैक्षिक क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरुसँग बसेको डिसिसिएमसीको बैठकले परीक्षा नगर्न र नगराउन आदेश दिएको हो ।

सार्वजनिक यातायातमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले गर्दा असुरक्षित हुने साथै विराटनगरमा अझ धेरै नै कोरोना संक्रमितको संख्या बढेको हुनाले हालको परिस्थितिको विष्लेषण गर्नुपर्ने भन्दै प्रशासनले तय भईसकेको परीक्षा रोक्न निर्देशन गरेको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले हतार गर्दा क्षति हुनसक्ने संभावनालाई प्रशासनले मनन् गरेको बताउनुभयो । परीक्षा, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ मा कक्षा ११ को परीक्षा विद्यालयले गर्ने स्पष्ट प्रावधान रहेको छ । यो प्रावधान अनुसार परीक्षा सञ्चालन गर्दा हुनसक्ने संभावित क्षतिबाट नागरिकको जीवन रक्षा गर्नुपर्ने दायित्वलाई प्रशासनले मनन् गर्नुपर्ने अवस्था आएको दावी प्रशासनको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापकहरुको गत असोज ९ गते बसेको बैठकबाट परीक्षा सञ्चालन समन्वय समिति गठन गरी परीक्षा संचालनका लागि समन्वय गरिदिन महानगरपालिकालाई आग्रह गरेका थिए ।
समितिको सिफारिसका आधारमा महानगरले परीक्षा सञ्चालनको समन्वय गर्दै परीक्षा तालिका सार्वजानिक गरेको थियो । परीक्षा तालिका सार्वजिक गरेसँगै विद्यार्थीहरुले महानगर अगाडी गएर कोरोना कहरको बेला परीक्षा गराउँदा जोखिम हुने भन्दै विरोध समेत जनाएका थिए । महानगरले तत्काल निर्णय सच्याउँदै परीक्षा स्थगित भएको जानकारी गराएको थियो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना संक्रमणबाट केहि विद्यालयका शिक्षक समेत संक्रमित भएको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने निर्णय गरिएको बताउनु भएको थियो ।

यता लामो समय सम्म रोकिएको परीक्षा स्थगित भएसंगै परीक्षा दिने तयारीमा जुटेका केही विद्यार्थीहरु भने अन्यौलमा परेका छन् । कक्षा ११ को परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु कहिले परीक्षा हुने त कहिले नहुने भनेपछि आफुहरु अन्यौलमा परेको गुनासो गर्दछन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर परीक्षा गर्न तयारीमा जुटेका सामुदायिक तथा संस्थागत विद्यालयका संचालकहरु अन्तिम चरणमा आएर स्थगित हुदा दुख लागेको बताउदै आएका छन् । तर पनि सामाजिक दृष्टिकोणले भने यसलाई सबैले स्वीकार्नुबाहेक अरु विकल्प नहरको अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले बताउनुभयो । कक्षा ११ को परीक्षा स्थगित भएपनि कक्षा १२ को पढाई भने कलेजले अनलाईन माध्यमबाट संचालन गर्दै आएको प्रिन्सिपल बास्तोलालले जानकारी दिनुभयो । शैक्षिक शत्र २०७७ को कक्षा ११ को लागी भने अनलाईनसँगै सामाजिक दुरी कायम गर्दै भर्ना अभियान जारी राखेको बास्तोलाले बताउनुभयो ।

यता विराटनगरका संस्थागत कलेजका संचालकरु अझै पनि परीक्षा गर्ने आशामा नै रहेका छन् । उनीहरु महानगर र जिल्ला प्रशासनको निर्णय सुन्न चाहादैनन् । परीक्षाको रेखदेख राष्ट्रिय परीक्षा बोर्डले हेर्न भएका कारण बोर्डको निर्णय पर्खेर बसेको बताउँछन् ।
हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले शैक्षिक क्षेत्रलाई मात्र निसाना बनाउन खोजिएको आरोप लगाउनुभयो । हामीले परीक्षा रोक्ने भनेको हैन, राट्रिय परीक्षा बोर्डले जे निर्देशन दिन्छ त्यही गर्ने हो पोखरेलको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्