कोरोनाबाट कर्णालीमा चिकित्सकको मृत्यु

<span class='c1'>कोरोनाबाट कर्णालीमा</span> <span class='c2'>चिकित्सकको मृत्यु</span>

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उहाँको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिनुभयो ।

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पुर्याइएको थियो । उहाँ प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आउनुभएको थियो ।नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्