नाटा अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भट्टराई

नाटा अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) प्रदेश नं. १ को प्रदेश अध्यक्षमा उदयकुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी पुण्यप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ ।

झापाको बिर्तामोडमा शनिबार सम्पन्न भएको नाट्टाको ९ औं वार्षिक साधरण सभाले श्रेष्ठलाई अध्यक्षमा र भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गरेको हो ।

भट्टराईको विराटनगरमा इष्टर्न एसिया नामक टा«भल रहेको छ । पर्यटन व्यवसायी समेत रहनुभएका भट्टराई विभिन्न सामाजिक संघसंस्थाहरूमा आवद्ध भइ सामाजिक कार्यहरू पनि गर्दै आउनुभएको छ ।
प्रदेश अध्यक्ष श्रेष्ठको नेतृत्वमा भट्टराईसहित उपाध्यक्षमा ऋषिराज तिम्सिना, महासचिब नविन खरेल, सचिब सुरेन्द्रप्रसाद पौडेल र कोषाध्यक्षमा सजीत तामाङ्ग निर्वाचित हुनुभएको छ ।

समितिको अन्य सदस्यहरूमा जीवन पराजुली, मनरथ सिलवाल, धर्मराज शिवकोटी र चक्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । निर्वाचित भएका पदाधिकारीहरूलाई निर्वाचन संयोजक तथा अधिवक्ता तेजप्रसाद कट्टेल, नाटाका केन्द्रीय सदस्य तथा निर्वाचन समितिको सदस्य हरिकुमार श्रेष्ठ र निर्वाचन समिति सदस्य हिमाल खरेलले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
प्रदेश १ मा नाट्टाका ५३ जना सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्