प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका २८ सुरक्षाकर्मीमा कोरोना

<span class='c1'>प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका</span> <span class='c2'>२८ सुरक्षाकर्मीमा कोरोना</span>

प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका नेपाली सेनाका २८ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानमन्त्री निवासमा खटिए तापनि प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा नरहेका सेनाका २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका सुरक्षाकर्मीकf स्थानमा अन्य सुरक्षाकर्मी बदली गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसै गरि यस अघी कै खबर अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण भएको थियो । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिनुभएका उहाँहरुको शनिवार रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्