१. मोबाइल एपमार्फत राहदानीको फारम भर्ना सकिनेगरी ‘नेपाल पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ?
--- वि.स. २०७६ पौष १९
२. कमैयाले तिर्नुपर्ने ऋणलाई के भनिन्छ ?
--- सौकी
३. साउदी अरबले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने निर्णय कहिले गरेको हो ?
--- २०१९ सेप्टेम्बर २७ (विश्व पर्यटन दिवसको अवसरमा)
४. प्रदेश २ मा पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?
--- कंचनरुप न.पा, सप्तरी
५. नेपालमा सबैभन्दा पहिलोपटक स्थापना भएको इन्टरनेट सेवाप्रदायक कम्पनी कुन हो ?
--- मर्केन्टायल (सन् १९९४मा स्थापना भएको)
६. ‘व्यवसायका दुई भाग छन्: बजारीकरण र नवप्रवर्तन’ भन्ने भनाइ कसको हो ?
--- पिटर ड्रकर
७. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो मुलुक कुन हो ?
--- बुरुण्डी (सन् २०१७ अक्टोबर २७)
संकलक
आयुष खनाल