दमक नगरप्रमुख रोम ओली र परिवारलाई कोरोना पुष्टि

<span class='c1'>दमक नगरप्रमुख रोम ओली</span> <span class='c2'>र परिवारलाई कोरोना पुष्टि</span>

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । उहाँकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिनुभयो । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्