खोटाङ्गमा अन्नबाली उपचार शिविर

<span class='c1'>खोटाङ्गमा अन्नबाली</span> <span class='c2'>उपचार शिविर</span>

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो ।

शिविरमा तरकारी, फलफूल, खाद्यान्न, तेलहन÷दलहन तथा नगदे बालीको नमूना परीक्षण गर्नुका साथै उपचार विधिका बारेमा किसानलाई जानकारी दिइएको छ । बाली उपचार शिविरमा विभिन्न गाउँका ६२ किसानले ल्याएका धान, कोदो, सुन्तला, कागती, अमिलो, केरा, लिची, अलैँची, गोलबेँडा, सिमी, भान्टा, काउली, खुर्सानी लगायतका ६९ वटा नमूनाको परीक्षण गर्नुका साथै रोग तथा किराको उपचार विधिका बारेमा किसानलाई मौखिक तथा लिखितरुपमा परामर्श दिइएको वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।

रोग तथा कीरा लागेका अन्नबाली तथा बोटबिरुवाको नमूनालाई कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामानन्द यादव र केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले आवश्यक परामर्श दिनुभयो । शिविरमा सहभागी किसानलाई एजाडिराक्टिङ नामक किटनाशक विषादिसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

शिविरमा हाल किसानको खेत र बारीमा लगाइएका सबै खालका अन्नबाली, सागसब्जी, फलफूल बोटबिरुवा र अन्य वनस्पतीको नमूना परीक्षण एवम् उपचार गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले बताउनुभयो । “नमूना परीक्षणका क्रममा कुन बाली कति क्षेत्रमा लगाएको, रोग कहिले शुरु भएको, रोगले केमा असर गरेको, हाल बिरुवाको अवस्था के छ भन्ने सोधपुछ गरिएको छ”, उहाँले भन्नुभयो, “बालीनालीमा रोग लागेको हो वा किरा लागेको पत्ता लगाएर त्यसको उपचार गर्ने विधिका बारेमा किसानलाई मौखिक र लिखितरुपमा परामर्शसमेत दिइएको छ ।”

नगरपालिकामा ‘अर्गानिक’ अभियान चलिरहेकाले शिविरमा आएका किसानलाई जैविक विधिलाई प्राथमिकता दिएर बालीनालीको उपचार गर्नका लागि सुझावसमेत दिइएको वडाध्यक्ष राईले बताउनुभयो । पन्ध्र वडा रहेको उक्त नगरपालिकालाई पाँच वर्षभित्र अर्गानिक बनाउनेगरि अभियान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्