नोबेलमा मोरङका दुई र वीपीमा धरानका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

<span class='c1'>नोबेलमा मोरङका दुई र वीपीमा धरानका</span> <span class='c2'>एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु</span>

विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरोना संक्रमित मोरङको रतुवामाई नगरपालिकाका ४५ वर्षका पुरुषको मंगलबार बिहान २ बजे मृत्यु भएको हो । उनलाई ज्वरो , निमोनिया तथा मधुमेह रहेको र असोज १३ गते नोबेल अस्पतालमा भर्ना गरिएको थियो । यस्तै मोरङको कानेपोखरीका ५० वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनलाई सोमबार ब्लड क्यान्सर भएको कारण भर्ना गरिएको र पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–३ सुनसरीका ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानमा भर्ना भएर उपचाररतः पुरुषको मंगलबार बिहान ४ः२० मा मृत्यु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्