विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङलाई युवाहरुले एक हजार दुईसय थान मास्क सहयोग उपलब्ध गराएका छन् । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्कालाई २०० थान केएन–९५ र एक हजार थान सर्जिकल मास्क सहयोगस्वरुप उपलब्ध गराइएको हो ।
दैनिक कार्यस्थलमा खटिनुपर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क उपलब्ध गराइएको युवा रमेश शर्माले बताएका छन् ।