१. भारतको नयाँदिल्लीमा ‘युथ आइकन २०२०’बाट को सम्मानित भएका छन् ?
--- कान्छा अभियन्ता के.पी. खनाल
२. प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने निर्णय गरेको छ ?
--- दाङको भालुवाङ
[असोज १६ गते गरिएको प्रस्ताव असोज २० गते पारित भएको]
३. नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने प्रथम खेलाडी को हुन ?
--- बैकुण्ठ मानन्धर
४. ISO 27001 के संग सम्बन्धित छ ?
--- सूचना सुरक्षा (Information Security)
[सेप्टेम्बर ३० २०२०मा इसेवाले आइएसओ २७००१ प्रमाणपत्र प्राप्त गरेको थियो]
५. मदन पुरस्कार प्राप्त गर्ने नेपाली पुर्वप्रधानमन्त्री को हुन् ?
--- लोकेन्द्रबहादुर चन्द
[उनलाई २०५४ सालमा ‘बिसर्जन’ कृतिको लागि प्रदान गरिएको]
६. ‘वायुको सहर’ अर्थात् ‘विन्डी सिटि’ भनेर कुन सहरलाई चिनिन्छ ?
--- सिकागो
७. ‘विश्व सिमसार दिवस’ कहिले मनाइन्छ ?
--- फेब्रुअरी २
संकलक
आयुष खनाल