मोरङको सिमा नाकामा हुन्छ सेतो मटरदेखी कालो जिरा सम्म तस्कार

<span class='c1'>मोरङको सिमा नाकामा हुन्छ सेतो</span> <span class='c2'>मटरदेखी कालो जिरा सम्म तस्कार</span>

विराटनगर । मोरङ प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको सामान विभिन्न स्थानबाट बरामद गरेको छ ।
भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा मोरङ प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नेपालबाट तस्करी गरेर भारततर्फ लगिँदै गरेको सूचनाका आधारमा एक लाख ८० हजार मूल्य बराबरको मटर बरामद गरिएको बताए ।
उनका अनुसार नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको श्याम मण्डलको घरको आँगनबाट मटर बरामद भएको हो । आधिकारिक बिल देखाउन नसकेपछि र भारततर्फ कटाउन लागेको अवस्थामा तस्करीको मटर नियन्त्रणमा लिइएको खड्काले बताए ।

त्यस्तै विराटनगर महानगरपालिका–१५ बाट भारतदेखि नेपालतर्फ अवैध रूपमा आयात भइरहेको कपडा, जुत्ता र किराना मालसामान प्रहरीले मंगलबारराति बरामद गरेको छ । प्लाष्टिकको बोरामा प्याक गरेर आयात गर्दै गरेको अवस्थामा एक लाख २६ हजार मूल्य बढीको जुत्ता, कपडा र किराना सामान नियन्त्रणमा लिइएको एसपी खड्काको भनाइ

विराटनगर–१४ बाट प्रहरीले बुधबार बिहान भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा ६० किलो काजु र ९० किलो जिरा बरामद गरेको छ । एक लाख आठ हजार मूल्य बराबरको काजु र जिरा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
एसपी खड्काले बरामद भएका भन्साली छलीका अवैध सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको बताए । नियन्त्रणमा लिइएका सबै सामान चार लाख १४ हजार दुई सय रुपैयाँ बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्