विराटनगर । विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो ।
ज्वरो र घाटी दुखेर कोरोनाको लक्षण देखिएपछि कार्कीले प्रदेश जनस्वास्थ्य ल्याबमा स्वाब दिएका थिए । संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फार्मत पनि सार्वजानिक गरेका छन् । कार्की अहिले होमआइसोलेशनमा बसेका जानकारी गराएका छन् ।