विराटनगरमा आज एकै दिन ३ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा आज एकै दिन ३ कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका एक पुरुषको निधन भएको छ । मोरङ कारागारका २० बर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गर्नको लागी लगिएको थियो ।
स्वास्थ्यमा समस्यादेखीएपछि उनलाई विहीबार कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको उनको पिसिआर रिर्पोट राती ९ बजे आएको कोशी अस्पतालका कोभिड ईन्चार्ज लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो । उनको आज विहान १०:१५ मा निधन भएको अस्पतालले जनाएको छ । यस अघि विराटनगरमा रहेको नोवेल अस्पतालमा २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकमध्ये एक जना वृद्ध पुरुष हुन् । दुवै जनाको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार मोरङको रंगेली नगरपालिका–४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको हो । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान ७ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । उनका अनुसार श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्