कोरोना संक्रमित राख्न विराटनगरको बखरीमा ३० शैयाको आइसोलेसन

कोरोना संक्रमित राख्न विराटनगरको बखरीमा  ३० शैयाको आइसोलेसन

विराटनगर । विराटनगरमा अधिकास आइसोलेसन भरिएपछि विराटनगर १२ स्थित ३० शैयाको आइसोलेसन तयारी गरिएको छ ।
कोभिड–१९ का बिरामीलाई राख्न लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक्ट ३२५ ए–वानले ३० बेडको आइसोलेसन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
विराटनगरको पञ्चमुखी चोकमा लामो समयदेखि प्रयोग नगरिएको अवस्थामा रहेको विराट सामुदायिक भवनको भलाई क्लबकै खर्चमा मर्मत र सम्भार गरी ३० शैयाको प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
शुक्रबार आयोजित समारोहमा क्लबले उक्त भवन प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्