मेचीखोला बगरबाट खैरोहिरोईन सहित दुई जना पक्राउ

<span class='c1'>मेचीखोला बगरबाट खैरोहिरोईन सहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर(८ का २० बर्षीय सौगात राई रहेका छन । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान सवाँ ६ बजे पक्राउ गरेको हो । पक्राउ परेसंगै उनिहरुमा माथी चेकजाँच गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्