आज मुलुकभर २ हजार ७१ थपिए , १ हजार ५ सय ५२ जनासंक्रमित डिस्चार्ज

आज मुलुकभर २ हजार ७१ थपिए , १ हजार ५ सय ५२ जनासंक्रमित डिस्चार्ज

विराटनगर  । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ भने ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्