भारतको जोगवनीबाट तस्करी गरेर ल्याएको कपडा सशस्त्र प्रहरीद्धारा बरामद

भारतको जोगवनीबाट तस्करी गरेर ल्याएको कपडा सशस्त्र प्रहरीद्धारा बरामद

विराटनगर। भारतदेखि तस्करी गरि ल्याएको १ लाख भन्दा बढी मुल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतको जोगवनी बजारदेखि नेपाल भित्राएको तस्करीको कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीले आइतबार दिउँसो विराटनगर १८ जतुवाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले २ सय ७० टपसेट १४ पिस कुर्ता सुरूवाल बरामद गरेको छ । प्रहरीले बरामद गरेको लत्ताकपडा १ लाख १ हजार ५ सय मुल्य बरावरको रहेको छ । बरामद गरेको लत्ताकपडा आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्