नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो, आज मात्र २२ जना

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो, आज मात्र २२ जना

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १७ पुरुष र पाँच महिला छन्। मृत्यु हुनेमध्ये ८ जना काठमाडौँ उपत्यकाका रहेका छन्।

सुनसरीकी ६२ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, काठमाडौँकी ६६ वर्षीया महिला तथा ६०, ७०, ७५, र ८३ वर्षीय पुरुष, ललितपुरका ४९ वर्षीय पुरुष, भक्तपुरका ४४ र ५७ वर्षीय पुरुष र नुवाकोटका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

यस्तै चितवनकी ७५ वर्षीया महिला तथा ४७ र ९८ वर्षीय पुरुष र उमेर नखुलेका एक पुरुष, मकवानपुरकी ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष र रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्