मोरङमा ४५ सहित प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुने १ सय २ पुग्यो

<span class='c1'>मोरङमा ४५ सहित प्रदेश १ मा कोरोना</span> <span class='c2'>संक्रमणबाट मृत्यु हुने १ सय २ पुग्यो</span>

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ ।  पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।

प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विसालले जानकारी दिनुभयो । प्रदेश १ को मोरंगका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज सम्म १ लाख ३७ हजार ५ सय १७ जनाको .कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ८ वटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्