कोरोना कहर : नियम पालना गराउने कार्यालयमा नै भौतिक दुरीको धज्जी उडाईदै

कोरोना कहर : नियम पालना गराउने कार्यालयमा नै भौतिक दुरीको धज्जी उडाईदै

प्रेम देवान
विराटनगर । देखिएको दृष्य, जिल्ला प्रशासन कार्यालय मोरङको सनाखत गराउने स्थानको हो । त्यहाँ एउटा अत्यन्तै जरुरी सुचना पनि टाँसिएको छ । जिल्ला कोरोना संक्रमण व्यावस्थापन समिति मोरङ (डिसिसिएमसी) ले जारी गरेको कोरोना भाईरस कोभिड १९ सम्बन्धी अत्यन्त्यै जरुरी सुचना हो । तर, त्यो सुचनामा कसैको ध्यान गएको छैन । फिल्म हलमा टिकट काट्न जादाँ देखिएको भीड झै देखिन्छ भीड। सुचनामा लेखिएको छ कम्तीमा पनि २ मिटर कायम गरी बसौं, नबसे कारबाहीसम्म हुने जानकारी गराइएको छ ।


उक्त नियम पालना नगरे १ महिनासम्म कैद वा ९ सय रुपैया जरीवाना समेत ठहर हुने उल्लेख छ। कार्यालयले भौतिक तथा सामाजिक दुरी कायम गरी बस्नको लागी भुईमा घेरा पनि लगाएको छ । तर त्यो घेरोको पनि कसैलाई मतलव नै छैन । मान्छे माथि मान्छे टाँसिरए काम गर्न हतारो छाएको छ सेवाग्राहीलाई ।
पछिल्लो पटक विराटनगरमा कोरोना भाइरसका सक्रमित पनि अत्याधिक बढेका बढै छन् । खास गरी यही र यस्ता चरम लापारबाहीका कारण कोरोना भाइरस कहाँ छ र कोसँग भन्ने यकिन छैन ।

यो अर्को दृष्य पनि हुर्नहोस, यो त्यही कार्यलय प्रवेश गर्ने स्थान हो । जहाँ र जसले सर्वअधिकार प्राप्त गरेको छ र नियम बनाउने निकाय पनि हो । कोरोना भाइरसको उच्च जोखिमलाई रोकथाम तथा नियन्त्रण गराउनको लागी गृहमन्त्रालयबाट सर्व अधिकारी प्राप्त गर्ने निकाय हो । जिल्ला प्रशासन कार्यालयले नियम बनाउने अधिकार पनि छ र कारबाही गर्ने अधिकार पनि उसैलाई छ ।
कार्यलयले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रण र सवाधानीबाट बच्नको लागी कार्यलय प्रवेशद्धारामा हातधुने साबुन पानी टं्याकी सहित राखिएको छ । त्यहाँ पनि सेवाग्राहीको आँखा पुगे पनि नदेखे झै गरेर भित्र पस्न नै हतारो हुन्छ । प्रवेसद्धारा मै नै हात धोएर मात्र प्रवेश गरौ भनेर लेखिएको छ तर त्यो सुचनाको पनि कसैले ख्याल गरेको पाईदैन ।


कार्यलय भित्रको कुरा नै नगरौँ । मान्छे माथी मान्छे एक आपसमा टासिएर नै बसेका देखिन्छन् । यसको अनुगनम तथा रेखदेख जिल्ला प्रशासन कार्यालयले हेर्नुपर्ने हो । तर कार्यलयका हाकिम र कर्मचारी सबै कोठा भित्र भएकाले कसैलाई ध्यान छैन । केही कार्यलयहरुमा सुरक्षागार्डले भौतिक दुरीको पालना गराउन लगाएका देखिन्छन् । तर नियम पालना गराउने निकाय जिल्ला प्रशासन कार्यलयमा नै भौतिक दुरी र सामाजिक दुरीको धज्जी उडाउदै निमय मिचिएको देखिन्छ ।

कोरोना भाइरसको रोकथामको नियम पालना नगरेको भन्दै जिल्ला प्रशासन कार्यलयले विराटनगरका केही कार्यलय र व्यापारीहरुलाई कारबाही समेत गरेको छ । तर कारबाही गराउने निकाय नै चाही आफै कानुनको धज्जी उडाएको देखिन्छ ।
यता जिल्ला कोरोना भाइरस व्यावस्थान समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भने नियम पालना गराउने विषयमा कुनै दुविधा नै छैन । म आफै स्वयम पनि बेला बेलामा निगरानीमा जानेको गरेको छु निरौलाले भन्नुभयो ।

कोराना भाइरसको उच्च जोखिमबाट जोगिनको लागी हरेक सरकारी कार्यलयले सावधानी अपनाउनुपर्छ । कार्यलयमा दिउँसोको समयमा चाही अलिक भिड हुने भएकाले त्यस्तो देखिएको हो निरौलाले भन्नुभयो । ‘तर प्रत्येक पटक लठ्ठी लिएर बस्ने स्थिती भने हुदैन स्वयम सेवाग्राहीले पनि बुझ्नु पर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्