“चाडबाडमा लकडाउन गर्नु नपरोस् भन्ने सरकारको चाहना”

“चाडबाडमा लकडाउन गर्नु नपरोस् भन्ने सरकारको चाहना”

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताउनुभएको छ । यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट गर्नुभयो ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताउनुभयो ।

कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँ पछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट
राजधानीले सिक्नुपर्ने बताउनुभयो । बाँके, कपिलवस्तु, उदयपुर र वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको काठमाडौँका नागरिक, जनप्रतिनिधि र सङ्घसंस्थालाई सिक्न उहाँले सल्लाह दिनुभयो । उहाँका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन् ।

यसले विश्वभर १० लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ ।
यस वर्ष दशैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै उहाँले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्वपूर्ण रहेको र उहाँहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्