पोखराका सडकका कुकुरको बन्ध्याकरण

पोखराका सडकका कुकुरको बन्ध्याकरण

हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिनुभयो ।

हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड – १९ महामारीको कारण केही वडा छुटेका थिए । छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको बताउनुभयो । यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशक यता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र पैतीस हजार भन्दा धेरै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ । ­­­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्