कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु

<span class='c1'>कोरोना संक्रमणबाट थप</span> <span class='c2'>तीनजनाको मृत्यु</span>

इनरुवा। कोरोना संक्रमणबाट सुनसरीमा थप तीन जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको हो ।

धरान–१५ का ८९ वर्षीय पुरुषको होम आइसोलेसनमा बसेको अवस्थामा सोमबार बिहान मृत्यु भएको छ । धरान–२ का अर्का वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत अवस्थामा आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा।आशीष श्रेष्ठका अनुसार धरान–२ का वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो । उच्च रक्तचापका दीर्घरोगी ती पुरुषलाई सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

वराहक्षेत्रका पुरुषको भने सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि बराहक्षेत्रका पुरुषलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुऱ्याइएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

दुवै मिर्गौला फेल भएपछि उनी मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेका थिए । उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्