मोरङका चार स्थानमा प्रहरीले स्थापना ग¥यो यात्रु सहायता कक्ष

<span class='c1'>मोरङका चार स्थानमा प्रहरीले स्थापना</span> <span class='c2'>ग¥यो यात्रु सहायता कक्ष</span>

विराटनगर । कोरोना संक्रमण विस्तारको क्रम तिव्र रहेको बेला चाडपर्व समेत नजिकएपछि जिल्ला प्रहरी कार्यालय मोरङले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दुर्घटना न्यूनीकरण तथा यात्रु सहजीकरणका लागि मोरङका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

प्रहरीले विराटनगर बसपार्क, विराटचौक, पथरीशनिश्चरेको पूर्व बस स्टेन र बेलबारीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । यात्रुहरुले कुनै समस्या भोग्नु परेको खण्डमा यी चार स्थानमा रहेका सम्पर्क व्यक्तिमार्फत खबर गर्न सकिने सुविधा समेत रहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुर्ब्यवहार, हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको खण्डमा यात्रुहरुले सम्पर्क गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्